सञ्चारमन्त्री गुरुङद्धारा ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई बिदाई

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हिमआरोही टोलीलाई विदाई गर्नुभएको छ । एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्रालयद्धारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गर्नुभयो ।

दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै परिवारका तीन दिदीबहिनी निमा जाङबु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष) ले शुक्रवारदेखि सातै महादेशका अग्ला शिखर आरोहण गर्न सुरु गर्नेछन ।

आरोहण दलका टोली नेतादावा फुुटीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने योजना रहेको जानकारी दिनु भयो । टोलीलाई विदाई गर्दै मन्त्री गुरुङले आरोहण सफल बनाउनका लागि सरकारले सक्दो सहयोग, समन्वय र साथदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकै घरका तीन जना दिदीबहिनीले सगरमाथा सहित सबै महादेशका अग्लो शिखर चुमेर विश्वमा नयाँ कीर्तिमान राख्ने योजना बनाएकोमा खुसी व्यक्त गर्दै उहाँले सो अभियानको पूर्ण सफलताको कामना समेत गर्नु भयो ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, कमउमेरमै विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्न सफल तेम्बाछिरी शेर्पालगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित | २ बैशाख २०७८, बिहीबार १९:४७