नेपालले यसवर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित बजेट विनीयोजन गरिरहँदा विश्‍व बैंकले भने नेपालको सन् २०१९ मा ६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण छ । यसअघि विश्‍व बैंकले चालु आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो। विश्व बैंकले २०१९ मा ६ प्रतिशत, २०२० मा ६.१ र २०२१ मा ६.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण सार्वजनीक गरेको छ ।

विश्व बैंकले सन् २०१९ मा दक्षिण एसियाले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ । सन् २०२० र २०२१ मा ७।१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विश्व बैंकले जनाएको छ। विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एसियामा यो वर्ष सबैभन्दा धेरै भारतले ७.५ प्रतिशतको वृद्धि हासिल गर्नेछ भने दोस्रोमा बंगलादेशले ७.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ।

दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग स्काफरले भन्नुभएको छ, ‘ दक्षिण एशियाको निर्यात केहि वर्ष यता क्षमताको तुलनामा घटेपनि बृद्धि भने अझै राम्रो देखिएको छ । तर यो अवस्था कायम रहन्छ वा रहदैन भन्ने कुरामा हाम्रो चासोे छ ।’


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १८:४२