कांग्रेस केन्द्रीय सदस्यमा कुन्दनराज काफ्ले निर्वाचित

काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट विद्यार्थी नेता कुन्दनराज काफ्ले निर्वाचित हुनु भएको छ । काफ्ले जित पक्का गर्दै १४२६ मतका साथ २१ औं स्थानमा हुनुहुन्छ । यद्यपी अन्तिम मतपरिणाम भने सार्वजनीक हुन बाँकि छ ।

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहनु भएको काफ्ले विद्यार्थीमाझ चर्चीत हुनुहुन्छ । दोलखा जिल्लाका काफ्ले कृष्णप्रसाद सिटौला निकटका हुनुहुन्छ ।


प्रकाशित | ४ पुष २०७८, आईतवार १९:०५