मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न अध्यादेश जारी

काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गर्नु भएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा बुधबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताउनु भयो ।

सरकारले यसअघि १९ चैतमा आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुसँगको सम्झौताका क्रममा फास्ट ट्र्याकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनेको थियो भने लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कानुन बनाउने निर्णय गरेको थियो ।

मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै पीडितहरू लामो समयदेखि आन्दोलनमा छन्। उनीहरू तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन्।


प्रकाशित | २० बैशाख २०८०, बुधबार १७:२४