पूर्व मिस नेपाल खड्गीद्वारा वैवाहिक सम्बन्ध तोड्ने निर्णय

काठमाडौँ :  पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएकोले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको एक टेलिभिजनसँगको कुराकानीमा बताएकी हुन् ।

उनले भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो ।’ यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो ।


प्रकाशित | २ चैत्र २०७६, आईतवार २०:५३