एनआरएनए चीनमा रञ्जीता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनएन ) चीनमा महिला फोरम गठन गरिएको छ । चीनमा आयोजना गरिएको महिला भेलाले महिला फोरम गठन गरिएको हो । भेलाले रञ्जीता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरिएको हो ।

समिति सदस्यमा सविता बर्तौला, रस्मी झा, मनीषा शर्मा, जुना ज्ञवाली, डा.करुणा राई, डा कृषिता राजलवट, रक्षा संग्रौला, सेरिका सापकोटा (कंडेल ) रहनु भएको छ । त्यस्तै, फोरम सल्लाहकार समितिमा एनआरएनए आईसीसी सदस्य अमृता थापा र पूर्व महिला संयोजक खुश्वु अग्रवाल रहनु भएको छ ।

महिला फोरम गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङ अध्यक्ष टिका गुरूङ (राधिका ) र एनआरएनए चीनका अध्यक्षा सुदेश कुमार झा, एनआरएनए मकाउ अध्यक्ष शान्तीदेवी अधिकारीको सहभागीतमा गठन गरिएको हो । अहिलेसम्म एसिया प्याशिफिकमा हङकङ, मकाउ, चीन, जापान, मलेसियालगायतमा एनसिसीमा महिला फोरम गठन भइसकेको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १८:०२