‘लभ स्टेशन’ फिल्म हेर्न हलहरु हाउसफुल

काठमाडौं : नेपाली कथानक चलचित्र ‘लभ स्टेशन’ ले राम्रै ब्यापार गरेको छ । शुक्रबारबाट रिजिल भएको चलचित्र दुई दिन सम्म आइपुग्दा राम्रै ब्यापार गर्न सफल भएको हो । यो चलचित्र मुलुकका १०४ ओटा सिनेमा हलमा चलीरहेको छ । शनिबार बिहानैदेखि परेको वर्षाले भने केहि प्रभाव पारेको देखिन्छ । तर प्राप्य जसो सिनेमाहल भने हाउस फुल नै भएका छन । गोपिकृष्ण अष्ट नारायण लगायतका सिनेमा हल र मल्टिप्लेक्सका हलहरुमा फिल्म हाउसफुल भएको हो ।

उज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ मा चकलेटी ब्वाई प्रदीप खड्का र जसिता गुरुङ्ग मुख्य भूमिकामा हुनुहुन्छ । यो जोडीलाई यस अगाडि चलचित्र लिलिबिलीमा देखिएको थियो । निर्देशक उज्वल घिमिरेका अनुसार ‘लभ स्टेशन’ लभस्टोरी सोसल ड्रामा हो ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १७:१२