कांग्रेसको दोस्रो चरणको मतदान सकियो, ४ हजार ५६३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ । दिउँसो साढे तीनबाट शूरु भएको दोस्रो चरणको मतदान केहिबेरमा सकिएको हो । महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६३ जनाले मतदान गरेका छन् ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गरिएको हो । दोस्रो चरणमा शेर बहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् । मतगणना आजै शूरु हुनेछ ।


प्रकाशित | २८ मंसिर २०७८, मंगलवार २२:०२