एनआरएनए कुवेतले पायो नयाँ नेतृत्व, राणा ध्वज लामाको नेतृत्वमा कार्यसमिति निर्विरोध (सूचीसहित)

कुवेत । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतमा राणा ध्वज लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आगामी कार्यकालको लागि लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । एनसीसी कुवेतको शुक्रबार सम्पन्न ७ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

नर्वनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा टिकाराम आचार्य, माधव शाही, उमेश पुडासैनी, महिला उपाध्यक्षमा अमृता बान्तवा, महासचिवमा मान बहादुर तामाङ, सचिवमा जीवन कुमार विक, मनिष केसी,, कोषाध्यक्षमा प्रेम प्रसाद गुरुङ, सहकोषाध्यक्षमा सोनाम लामा निर्विरोध हुनु भएको छ ।

निर्वाचन समितिका प्रमुख सुजन केसीका अनुसार युवा संयोजकमा नवराज पराजुली र दामोदर बटाला, महिला संयोजकमा रमिता तामाङ, युवा सहसंयोजकमा आङ नोर्बु शेर्पा, महिला सहसंयोजकमा सजिना गुरुङ चयन हुनु भएको छ ।

त्यस्तैगरि, कार्यसमिति सदस्यहरुमा विजय धामी, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाइँ, बसन्त साम्बा, हेमन्त नगरकोटी, सरोज बास्ताकोटी र जय नारायण माझी थारु निर्विरोध निर्वाचित हुनु भएको छ ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष – राणा ध्वज लामा

उपाध्यक्ष

-टिकाराम आचार्य

-माधव शाही

-उमेश पुडासैनी

महिला उपाध्यक्ष -अमृता बान्तवा

महासचिव – मान बहादुर तामाङ

सचिव

-जीवन कुमार विक

-मनिष केसी

कोषाध्यक्ष -प्रेम प्रसाद गुरुङ

सह-कोषाध्यक्ष– सोनाम लामा

युवा संयोजक

-नवराज पराजुली

-दामोदर बटाला

युवा सह-संयोजक– आङ नोर्बु शेपा

महिला संयोजक – रमिता तामाङ

महिला सह-संयोजक- सजिना गुरुङ

सदस्यहरु

-विजय धामी

-देवी बहादुर सुनुवार

-रेशम लामा

-सूर्य कुमार लामा

-गीता तिवारी

-मिलन कुमार तामाङ

-जीवन सुनार

-वेदनाथ हुमागाइँ

-बसन्त साम्बा

-हेमन्त नगरकोटी

-सरोज बास्ताकोटी

-जय नारायण माझी थारु


प्रकाशित | ८ श्रावण २०७८, शुक्रबार २१:४१