अब आर्थिक प्रतिवेदन प्रत्येक ३ महिनामा सार्वजनिक, एनसिसीलाई प्रतिवेदन पठाउन निर्देशन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को गरिमा र साखलाई उच्चो बनाउने गृहकार्यमा वर्तमान कार्यसमिति निकै सक्रियतापूर्वक लागिपरेको छ । एनआरएनए संस्थाको हरेक क्षेत्रमा सुधार गर्न लागिपरेको छ । विशेष गरि एनआरएनए संस्थाको आर्थिक स्थितिलाई पारदर्शी बनाउन र चनुावी प्रणालीलाई सुधार गर्न पहिलो प्राथमिकताका साथ लागेको देखिन्छ ।

एनआरएनको आर्थिक स्थिती निकै नाजुक रहेको अवस्थामा एनआरएनएको कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको महेश श्रेष्ठले चुनावमै चार मन्त्र अगाडि सार्नुभएको थियो । संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्दै चुनावमा प्रस्तुत हुनु भएको श्रेष्ठले सबैभन्दा बढी मत पनि प्राप्त गर्नुभयो । सबैको विश्वास जितेर निर्वाचीत हुनुभएको कोषाध्यक्ष श्रेष्ठ अहिले भने संस्थालाई कसरी आर्थिक पारदर्शीता र उत्तरदायिपूर्ण बनाउने भन्ने विषयमा अहोरात्र खटिरहनु भएको छ ।

संस्थामा पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजना गरि चार मन्त्र लिएर विजयी श्रेष्ठले निर्वाचीत भएसँगै संस्थामा सुधारको प्रयास थाल्नुभयो । विशेष गरि कोषाध्यक्ष श्रेष्ठले शूरुमा डिडिए प्रतिवेदन तयार पार्न लागिपर्नुभयो । संस्थाको विगतदेखि अहिलेसम्मको आर्थिक स्थिति कस्तो छ ? भनेर कोषाध्यक्ष श्रेष्ठले डिडिए रिपोर्ट तयार पार्नुभएको हो ।

डिडिए रिपोर्टसँगै आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा संघको लेखा प्रणालीलाई अझ बढी ब्यवस्थित, वैज्ञानिक, र पारदर्शी बनाउदै संघलाई सँस्थागत गर्दै लग्ने योजना कोषाध्यक्ष श्रेष्ठको छ ।

कोषाध्यक्ष श्रेष्ठले नभन्दै निर्वाचीत भएको तीन महिनामै संस्थाको आर्थिक प्रतीवेदन सार्वजनीक गर्नुभएको छ । आइसिसीको प्रतिवेदन सार्वजनीक गरेसँगै राष्ट्रिय समन्वय परिषद (एनसिसी ) हरुको समेत ३/३ महिनामा आर्थिक प्रतिवेदन गैर आवासिय नेपाली संघ केन्द्रीय कार्यालयमा बुझाउन अनुरोध गर्नुभएको छ ।

कोषाध्यक्ष श्रेष्ठले सार्वजनीक गर्नुभएअनुसार एनआरएनएको पछिल्लो तीन महिनाको आर्थिक प्रतिवेदनको सार यस्तो छ:-

 


प्रकाशित | १९ माघ २०७६, आईतवार १७:१६