आँधी प्रभावित क्षेत्र जाँदै प्रधानमन्त्री : पूर्वनिर्धारित सबै कार्यक्रम स्थगीत

काठमाडौँ : बारा र पर्सामा गए राती आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पूर्व निर्धातिर सबै कार्यक्रम स्थगीत गर्दै त्यसतर्फ जान लाग्नु भएको छ । गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको प्रधानमन्त्री ओली त्यहाँको अवस्था बुझन त्यसतर्फ जान लाग्नुभएकको हो ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जान लाग्नुभएको हो । प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०९:४५