हावाहुरी प्रभावीतलाई एनआरएन मध्यपूर्वका ओमन, बहराईन र कुवेतले पठाए सहयोग

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मध्यपूर्वका विभिन्न एनसिसीले हावाहुरी प्रभावीतलाई सहयोग रकम पठाएका छन् । एनआरएन आइसिसीको सचीवालयले पहिलो चरणमा तीन एनसिसीले सहयोग रकम पठाएका हुन ।

यसअघि एनआरएन आइसिसीले कम्तिमा ५० हजार सहयोग पठाउन सर्कुलन गरेसँगै मध्यपूर्वका ओमन, बहराईन र कुवेतले सहयोग पठाएका हुन । एनआरएन ओमनले हावाहुरी प्रभावीतको लागि १ लाख रुपैयाँ पठाएको छ भने बहराईन र कुवेतले ५१ ५१ हजार रुपैयाँ पठाएका छन् ।

एनआरएन आइसिसी सचिव डिवी क्षेत्रीले केन्द्रको सर्कुलर अनुसार विभिन्न एनसिसीबाट सहयोग उठ्ने र सचिवालयको खातामा रकम आउने क्रम जारी रहेको जानकारी दिनुभयो । आइसिसीले न्यूनतम ५० हजार पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणमा मध्यपूर्वका तीन एनसिसीले सचिवालयमा सहयोग रकम पठाएको सचिव क्षेत्रीले बताउनुभयो । अन्य विभिन्न एनसिसीले पनि एनआरएनको खातामा संकलीत सहयोग पठाइरहेका छन् ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १७:२७