नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार ४९ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७८८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। १० हजार ३७५ जनाको आज पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ३७१ पुगेको छ।


प्रकाशित | ३० भाद्र २०७७, मंगलवार १६:४०