आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो )

काठमाडौं : गायिका मेलिना राइ र राज खम्बुको आवाज रहेको गीत ‘हेरन कान्छीु’रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । ‘इन्स्टाको फोटोु गीतबाट दर्शकले औधी रुचाएका असिफ शाह र रेश्मा घिमिरे लाई गीतमा फिछर्ड छन् । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि २१ डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन् ।

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई साङ्गीतिक रुप दिइएको छ । गीतलाई युट्युबबाट सार्वजनिक गरिएको हो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार २०:२५