केहीबेरमा राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज केहीबेरमा बस्दैछ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ ७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाउनु भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो ।


प्रकाशित | २४ पुष २०७७, शुक्रबार १२:४३