मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि पुल्चोकमा झडप

ललितपुर – स्थानीय युवा र गुठियारले रातो मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि ललितपुरको पुल्चोक क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरि अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी छ । प्रहरीले अश्रृग्यास हालेर स्थानीयलाई तीतरबितर बनाएपछि स्थिति तनावग्रस्त बनेको हो ।

कोरोना महामारीको जोखिम बढेपछि स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने कार्य रोक्न निर्देशन दिएपनि स्थानीयले मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै रथ तान्ने प्रयास गरेका हुन् ।

चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो । त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको थिएन ।


प्रकाशित | १८ भाद्र २०७७, बिहीबार १४:०२