नायिका श्वेता खड्का बिरामी, लेखिन् यस्तो भावुक स्टाटस

काठमाडौं : नायिका श्वेता खड्का बिरामी हुनुभएको छ । नायिक खडका बिरामी भएपछि उपचारका लागि दिल्लीस्थित बीएलके अस्पताल भर्ना हुनुभएको छ । चिउँडोमुनि ट्युमर आएपछि उपचारका लागि दिल्ली पुग्नुभएको नायिका खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताउनुभएको छ ।

फेसबुकमा भावुक स्टाटस लेख्दै खड्काले जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ भन्नुभएको छ । सँगै ‘हेल्लो जिन्दगी’ को छायांकन बीचमै छाड्न बाध्य हुँदा उनले दुःख पनि व्यक्त गरेकी छिन् । श्वेताले लेख्नुभएको छ, ‘तपाईँलाई यो कुरा कहिल्यै थाहा हुँदैन कि तपाईँका योजना र आकांक्षा केही सेकेण्डमै चकनाचुर हुन सक्छन् ।’


प्रकाशित | १६ बैशाख २०७६, सोमबार ११:४६