सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको प्रस्ताव

चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास जारी राख्नु भएको छ । ओलीले सबैलाई मिलाउँदै सर्वसम्मत बनाउने प्रयास जारी राख्नु भएको हो ।

यसअघि सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने प्रस्ताव गर्दै सहयोगको लागि आग्रह गर्नु भएको हो । केपी ओली अहिले बन्द सत्रस्थलतर्फ प्रवेश गरिसक्नु भएको छ ।


प्रकाशित | ११ मंसिर २०७८, शनिबार १४:३३