२५ दिनको लडाइँमा १५ हजार रुसी सेना मारिएको युक्रेनको दाबी

काठमाडौं – युक्रेनले २५ दिनको लडाइँमा करिब १५ हजार रुसी सेना मारिएको दावी गरेको छ । युक्रेनी सैन्य अधिकारीहरूले रुसले आफ्नो आक्रमण सुरु गरेदेखि १४ हजार ७०० रुसी सेना मारिएको दावी गरेको हो ।

द्वन्द्वमा लगभग ४७६ ट्याङ्कहरू,दुई सय भन्दा बढी लडाकु विमानहरू, हेलिकप्टर र ड्रोनहरू तथा लगभग १ हजार ४८७ बख्तरबंद कर्मचारी वाहकहरू सहित ठूलो मात्रामा रूसी सैन्य हार्डवेयर नष्ट भएको दावी गरिएको छ ।

उता अमेरिकी रक्षा अधिकारीहरूले भने युद्धमा कम्तिमा ७ हजार रूसी सेनाहरू कारबाहीमा मारिएको र २१ हजार घाइते भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले भने युक्रेनमा शुक्रबारसम्म कम्तीमा ८४७ सर्वसाधारणको मृत्यु भएको र १ हजार ३९९ घाइते भएको जनाएको छ ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १८:५३