अमेरिकामा बसोबास गर्ने नेपालीद्धारा थापाको उपचारमा आर्थिक सहयोग

दमौली – अमेरिकामा बस्ने नेपालीहरुद्धारा व्यास–१ गल्वुवेशी, डाँडाँगाउँ निवासी २० वर्षिय अविनश थापाको उपचार लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावले उपचारमा समस्या भएपछि तनहुँ जन्मघर भई हाल अमेरिका बस्ने लोकदोहोरी गायिका सृजना विरही थापाको सक्रियता र गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, वरिष्ठ लोकदोहोरी गायक प्रेमराज महत, प्रेम थापा, एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी लगायत अमेरिकाको मेरिल्याण्ड तथा बाल्टीमोर निवासी नेपालीको सहयोगमा रकम जुटाएर सहयोग गरिएको हो ।

संकलित रकमको परोपकार कार्यमा सक्रिय सस्था इन्द्रेणी समुहलाई गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थले सो रकम हस्तान्तरण गरी समुहले घरमै पुगेर युवकका बुबा खिमबहादुर थापा मगरलाई हस्तान्तरण गरेका थिए ।

यसैक्रममा धनराज हड्खलेले १० हजार, इन्द्रेणी समुहले २५ हजार, इन्द्रेणी समुहको लागि वरिष्ठ उपाध्यक्ष पन्थले १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is support2.jpg

यसैबीच व्यास नगरपालिका–२ सिद्धार्थचोक निवासी मनकुमारी थापाले स्वर्गीय श्रीमान् गोपीलाल थापा, ससुरा लक्ष्मण थापा र सासु सुकमाया थापाको स्मृतिमा बुधबार भोजन तथा फलफुल वितरण गर्नु भएको थियो ।

अष्ट्रेलिया बस्ने छोरा दिपक थापाको सहयोगमा सो भोजन गरााउनु भएको थियो । थापाले केन्द्र, महर्षिवेद व्यास संस्कृत माध्यामिक विद्यालयका छात्रछात्रा तथा भजन किर्तन समुह र अन्य सर्वसाधरण समेत गरी २ सय जनालाई भोजन गराएकी जेष्ठ नागरिक मिलन केन्द्र तनहुँको अध्यक्ष सालिकग्राम गिरीले जानकारी दिनु भयो ।


प्रकाशित | १० मंसिर २०७८, शुक्रबार १०:४४