पाइल्स भएका मानिसहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

कतिपय मानिसहरुले पाइल्सको सामना गरिरहेका हुन्छन् । पाइल्स भएका बिरामीहरुलाई शौच गर्दाको समयमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । साथै बिरामीलाई मलद्वार बाहिर र भित्र पनि सुन्निने हुन्छ र कयौ पटक रक्तश्राव पनि हुन्छ । पाइल्सको समस्याबाट पीडित व्यक्तिले खानपानसँग सम्बन्धित केही कुरामा ध्यान दिनुपर्छ । आउनुहोस् पाइल्सबारे महत्वपूर्ण जानकारी लिऔं ।

पाइल्स एक यस्तो रोग हो, जसका बारेमा मानिस खुलेर कुरा गर्न हिच्किचाउँछन् । डाक्टरकहाँ जान पनि मानिसहरु हिच्किचाउँछन् । पाइल्स भएपछि मलद्वारको भित्री र बाहिर दुवै ठाउँ सुन्निने हुन्छ ।
यसका अलावा शौच गर्दा पनि रगत निक्लनुका साथै दुखाइको सामना पनि गर्नुपर्छ ।

पाइल्स यसकारण हुन्छ

पाइल्स कुनैपनि उमेरका मानिसलाई हुनसक्छ । पाइल्स कब्जियत, ग्यास्ट्रिक र पाचनसम्बन्धि समस्याका कारण हुन्छ । यसका अलवा परिवारमा कुनै सदस्यलाई पाइल्सको समस्या छ भने अन्य सदस्यलाई पनि हुन सक्छ ।

पाइल्सका बिरामीले खानु हुँदैन यी खाना
पाइल्सका बिरामीले तारेका र प्रशोधन गरिएका खानेकुरा खानुहुँदैन । जस्तै प्रशोधन गरिएका खानेकुरा–फ्रोजन मिट, फास्ट फुड र डिप फ्राइड । यी खानेकुरा पचाउनका लागि धेरै समय लाग्छ । यी सबैले खराब पाचन र कब्जियतमा योगदान गर्छ

मसालेदार खाना
मसालेदार खाना धेरै मानिसलाई मन पर्छ । तर यदि तपाईलाई पाइल्सको समस्या छ भने मसालेदार खाना खतरनाक सावित हुनसक्छ । यस किसिमको खाना खानाले पाइल्सको बिरामीले शौच गर्दा असह्य पीडाको सामना गर्नुपर्छ । साथै रक्तश्राव पनि हुन सक्छ ।

अल्कोहल
यदि तपाईंलाई पाइल्सको समस्या छ भने रक्सीको सेवन बिल्कूल गर्नु हुन्न । रक्सीले पाचन तन्त्रलाई नियन्त्रित गर्छ र आन्द्रामा डिहाइड्रेसनको समस्या बढाउँछ ।
डेरी प्रडक्ट प्रयोग कम गर्दा राम्रो
डेरी प्रडक्ट खानाले धेरै मानिसलाई ग्यास, कब्जियत र पेटमा ऐठनको समस्या देखिन्छ । दूध, पनिर र अन्य दूग्ध उत्पादनले पाइल्सको समस्या बढाउने काम गर्छ । यस्तो समयमा तपाई दिनभर कत्तिको दूग्ध उत्पादनको प्रयोग गर्नु हुन्छ, यसमा ध्यान दिनुहोस् ।

काँचो फल
पाइल्सको समस्या भएमा फलफूल तपाईंका लागि फाइदाजनक सावित हुनसक्छ । तर फल पाकेको छ वा छैन भन्ने विषयमा ख्याल गर्नुपर्छ । अर्धकाँचो फल जस्तै केरा आदिको सेवन गर्नाले कब्जियतको समस्या बढ्छ । जसबाट पाइल्सका बिरामीलाई हैरानी बढ्न सक्छ । यस्तोमा राम्रोसँग पाकेको फलको सेवन गर्नुहोस् ।

प्रशोधित अन्न
प्रशोधन गरिएका खाद्यवस्तु सेतो चामल, सेतो रोटी, कुकिज, केक आदिमा फाइबर अत्यन्त कम मात्रामा पाइन्छ । यस्तोमा प्रशोधित अन्नको सट्टा प्रशोधन नगरिएका अन्नको प्रयोग गर्नु जरुरी छ ।

धेरै नुन भएको खाना
धेरै मानिसलाई चिप्स खान मनपर्छ । बजारमा पाइने धेरैजसो खानेकुरामा नुनको मात्रा धेरै पाइन्छ । यदि तपाईलाई पाइल्सको समस्या छ भने अधिक नुन भएको बस्तु खान हुन्न । यसले शरीरमा पानीको कमी हुन थाल्छ र तपाईको शरीरमा रक्तप्रवाह प्रभावित हुन्छ । यसबाट शरीरका बाँकी हिस्सामा पनि नराम्रो असर पर्न जान्छ ।

धेरै फाइबर
पाइल्सको समयमा धेरै मानिस उच्च फाइबरयुक्त चिजको सेवन गर्न आवश्यक ठान्छन् । तर यो गलत हो । अधिक मात्रामा फाइबरयुक्त वस्तुको सेवन त्यतिबेला गर्नु आवश्यक छ, जब तपाईलाई कब्जियतको समस्या छ । पाइल्सका बिरामीले सीमित मात्रामा मात्रै फाइबरको सेवन गर्नुपर्छ ।

पाइल्सका बिरामीका लागि यी हुन् क्विक टिप्स

– हलुका तातो पानीमा बस्नाले तपाईलाई राहत मिल्न सक्छ ।
–अधिक मात्रामा पानीको सेवन गर्नुस् र आपूmलाई हाइड्रेड राख्नुस् ।
–शौच गर्दाको समयमा धेरैे बल प्रयोग नगर्नुस् ।
–दैनिक व्यायाम गनुस् ।
–यदि तपाईलाई पाइल्स भएको छ भने डाक्टरको सल्लाह लिन लाज नमान्नुस् ।


प्रकाशित | २३ फाल्गुन २०७८, सोमबार १६:०३