नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण, १६ जनाको निधन

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गर्दा २० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, साथै ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा थप १६ जनाको मृत्यु भएको छ।

No photo description available.


प्रकाशित | ८ माघ २०७८, शनिबार १६:२७