मिस इंग्ल्याण्डको सेमिफाइनलमा प्रवेश गर्न सफल भईन पहिलो नेपाली चेली प्रतिष्ठा

लन्डन : मिस इंग्ल्याण्ड २०१९ मा उत्रनुभएको पहिलो नेपाली चेली प्रतिष्ठा राउत (तृस) सेमिफाइनलमा पुग्दै नेपालीको सान उच्चो राख्न सफल हुनुभएको छ । २५ वर्षीया प्रतिष्ठा मिस इंग्ल्यान्डको सेमिफाइनलमा प्रवेश गर्न सफल हुनुभएको हो । भूपू ब्रिटिस गोर्खा बाबुकी एक्ली छोरी प्रतिष्ठा बेलायतको अल्डरसटमा बस्दै आउनुभएको छ । हङकङमा जन्मनुभएको प्रतिष्ठा १७ वर्षको उमेरदेखि नै मोडलिङमा लाग्दै आउनुभएको थियो ।

 

प्रतिष्ठा फोटो हिट चरण पार गरेर साउथ वेष्ट सेमिफाइनलमा गर्नुभएको हो ।  प्रतियोगताको फाइनल आगामी १६ जुन, २०१९ मा दि ग्राण्ड होटल ब्रिस्टोलमा हुँदैछ । ‘मिस इंग्ल्यान्ड’ उपाधि जित्ने प्रतियोगीले २५ हजार पाउन्ड बराबरको पुरस्कारसहित होलीडे प्याकेज र मिस वल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ । प्रतिष्ठाले प्लोर प्लान आर्किटेक्ट प्रतिष्ठा ‘फोटो हिट’ चरणमा मत दिएर जिताउने सबैप्रति आभार ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १३:५२