काठमाडौंमा मनाइयो भारतको ७३औं गणतन्त्र दिवस

काठमाडौँ – भारतको ७३औं गणतन्त्र दिवस काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि मनाइएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरे ।


प्रकाशित | १२ माघ २०७८, बुधबार १३:०९