नेपाल बन्दले यात्रुलाई सास्ती, ५ बन्दकर्ता पक्राउ

काठमाडौँ – मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् ।

लामो यात्रा गरेर बिहानै काठमाडौँ उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका छन् ।

काठमाडौँ उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।


प्रकाशित | ३० कार्तिक २०७८, मंगलवार ०९:३१