गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक : जीवा लामिछाने

काठमाडौं । गैर आवासीय नेपाली संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताउनुभएको छ । संघको विशेष महाधिवेशनमा सम्बोधन गर्नुहुँदै संरक्षक लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद हुनु सामान्य रहेको बताउनुभएको हो ।

अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गनुहृँदै संरक्षक लामिछानेले कुनै पनि विषयलाई हचुवाको आधारमा समर्थन र प्रतिशोधको आधारमा विरोध भन्दा त्यसका राम्रा, नराम्रा पक्षलाई केलाएर छलफल तथा बहश चलाउनुपर्नेमा जोड पनि दिनुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि आउने भएकाले एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाई राख्न सबैलाई आग्रह गर्नुभयो ।


प्रकाशित | १० माघ २०७७, शनिबार १८:३८