‘विप्लव’ समूहका इञ्चार्ज पक्राउ

बर्दिया : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियार पक्राउ परेका छन् । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङका अनुसार उनलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार ०९:४१