काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । एक साताको लागि गरिएको निषेधाज्ञा २९ गते सम्मको लागि लम्बिएको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यो अवधिमा निषेधाज्ञा कडा बनाउने निर्णय पनि गरिएको छ । अब भोलीदेखि पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाइएको छ । साथै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कर्मचारी राखेर कार्यालय खोल्न पाउने निर्णय गरिएको छ ।


प्रकाशित | २१ बैशाख २०७८, मंगलवार १६:३७