सन्दीपको खराब प्रर्दशन

एजेन्सी: नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा रोयल च्यालेन्जर्सविरुद्ध सुरुवाती २ ओभर खराव प्रर्दशन गरेका छन् । सन्दीपले सुरुवात २ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेका छैनन् ।

सन्दीपलाई दिल्लीले तेस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । पहिलो र दोस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन लिदै पार्थिवले स्ट्राइक विराट कोहलीलाई दिए । कोहलीले चौथो बलमा एक रन लिए । पाँचौ बलमा सन्दीपलाई पटेलले पुन चौका प्रहार गरे । अन्तिम बलमा १ रन लिदै स्ट्राइक आफ्नो साथमा राखे । सम्रगमा सन्दीपले पहिलो ओभरमै १५ रन खर्चिन पुगे ।

दिल्लीले सन्दीपलाई ११ औं ओभरमा पुन मौका दिएको थियो । पहिलो बलमा एवी डी भिलियर्स र दोस्रो बलमा शिभव दुबेले एक -एक रन लिए । तेस्रो बलमा डिभिलियर्सले पुन एक रन लिए । चौथो बलमा दुबेले १ रन लिए । पाँचौ बलमा ए बी डिभिलियर्सले १ रन लिदा अन्तिम बलमा दुबेले छक्का प्रहार गरे । जितको लागि १ सय ८८ रन पछ्याइरहेको बेंगलोर १२ ओभरको समाप्तिमा १०७-३ को अवस्थामा छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १९:३४