धनगढीकी कोरोना संक्रमित ३५ दिनपछि डिस्चार्ज

शेरबहादुर ऐर/ धनगढी 

कैलालीको धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटकसम्म कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताउनुभयो ।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका( ५ की ३४ वर्षीय महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको हो।

उनीसँगै भर्ना भएका दुईजना, अगाडि भर्ना भएका एकजना र उनीभन्दा पछाडि भर्ना भएकी एकजना गरी चारजना कोरोना संक्रमित निको भएर सेती अस्पतालबाट यसअघि नै डिस्चार्ज भइसकेका थिए। योसँगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निका भएर घर फर्किएका छन्।

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका( ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका( १ की महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका थिए। स्वास्थ्य खवर


प्रकाशित | २७ बैशाख २०७७, शनिबार ११:२३