मन्त्रिपरिषद्ले पायो पूर्णता, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ? (सूचीसहित)

काठमाडौँ – सरकार गठन भएको झन्डै तीन महिना पछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको हो ।

काठमाडौँ – सरकार गठन भएको झन्डै तीन महिना पछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको हो ।

देउवाले कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसक्नु भएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै जिम्मेवारीमा रहनु हुने भएको छ ।

त्यस्तै, नेकपा एकिकृत समाजवादीबाट रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री र विरोध खवितडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीबाटै भवानीप्रसाद खापुङ नियुक्त हुनु भएको छ ।

नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल नियुक्त हुनु भएको छ ।

त्यस्तैगरि, जनता समाजवादी पार्टी (जसपा) बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महेन्द्र राय यादव  कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त हुनु भएको छ ।

कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?


प्रकाशित | २२ आश्विन २०७८, शुक्रबार १५:४०