कोषाध्यक्षका उम्मेदवार दाहालले केसी प्यानल छाडे, आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार लोकप्रसाद दाहालले डा. बद्री केसी प्यानल परित्याग गरेको घोषणा गर्नु भएको छ । दाहालले केसी प्यानल छाड्दै कुल आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

अध्यक्षका प्रत्यासी कुल आचार्यले सञ्चालन गर्दै आउनु भएको ‘खुला डबली’ कार्यक्रममा बोल्दै बर्तमान सहकोषाध्यक्ष समेत रहनु भएको दाहालले आचार्य समूहबाट उम्मेदवारी दिने घोषणा गर्नु भयो ।

यसअघि दाहाललाई डा. बद्री केसीको प्यानलबाट कोषाध्यक्ष पदको उम्मेदवारको रुपमा प्रचार गरिएको थियो। बेल्जियम निवासी ब्यबसायी दाहाल नेकपा माओवादी निकटका उम्मेदवार हुनुहुन्छ ।


प्रकाशित | १८ आश्विन २०७८, सोमबार २०:५७