आयरल्याण्डमा नेपाली भूमी अतिक्रमणको विरोधमा एनआरएनएको हस्ताक्षर संकलन अभियान

डब्लिन (आयरल्याण्ड ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आयरल्याण्डले भारतीय सिमा अतिक्रमणको विरोधमा हस्ताक्षर संकलन अभियान संकलन थालेको छ । हस्ताक्षर संकलन अभियान थालेको एनआरएनए आयरल्याण्डले हस्ताक्षरसहित भारतीय दूतावासमा एक बिज्ञप्ति बुझाउने तयारी गरेको हो ।

एनआरएनए आयरल्याण्ड अध्यक्ष मिलन छन्त्यालका अनुसार बिज्ञप्तिसँगै आयरल्याण्डमा बस्ने सबै नेपालीहरूको हस्ताक्षर सहितको आवेदन बुझाउन लागिएको हो ।

एनआरएनए आयरल्याण्डले भारत सरकारलाई दबाब दिनको लागि यो हस्ताक्षर संकलन अभियान जारी राख्ने निर्णय पनि गरेको छ । हस्ताक्षर अभियान यही मे ३० तारिखसम्म जारी राखिने भएको हो ।

नेपाल सरकारले आफ्नो भुभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटी नयाँ नक्सा जारी गरेकोमा एनआरएनएले खुसी ब्यक्त गर्दै नेपालको भुमी फिर्ता गर्न दबाब दिने उद्देश्यले अहिले नेपाल लगायत विश्व भरीबाट आम नेपालीहरु विरोधमा उत्रिरहेका छन् ।


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार १४:१८