नेपाल समूहले बोलायो एमालेको आकस्मिक स्थायी समिति बैठक

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेसँगै अर्का वरिष्ठ नेता माधव कुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

आज बसेको एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको पछि नेपाल समूहले आकस्मिक बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा केहि समयमा बस्न लागेको हो


प्रकाशित | २८ फाल्गुन २०७७, शुक्रबार १९:०८