आजबाट देशभर अप्टिकल फाइबर

काठमाडौं : देशभरका स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यका साथ सोमबार बाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे गर्ने कार्यकम छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबल बिछ्याउने कार्यक्रम रहेको हो । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तर्गत करिब नौ अर्ब रुपैयाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो । सरकारले देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुयाउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्षयका साथ हरेक जिल्लासम्म अप्टिकल विछ्याउने योजना अघि सारेको थियो ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ११:४१