मोडर्नको रजत महोत्सव सम्पन्न

भक्तपुर: सूर्यबिनायक नगरपालिका ४, दधिकोट, मोडर्न चोक स्थित मोडर्न बोर्डिङ्ग सेकेण्डरी स्कुलको रजत महोत्सव भव्यताका साथ काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा यही बैशाख १४ गते सम्पन्न गरियो ।

यस कार्यक्रममा यसै बिद्यालयका संस्थापक अध्यक्ष बाबुकाजि कसपालको सभापतित्व, प्रमुख अतिथि युवा नेता पूर्व उद्योग मन्त्री, भक्तपुर क्षेत्र न. २ बाट निर्वाचित सभासद महेश बस्नेत, प्राज्ञिक विशेष अतिथिमा पूर्व महान्यायाधिवक्ता तथा काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक प्राध्यापक डा. युवराज सङ्ग्रौला, विशेष अतिथिहरूमा प्रदेश सभा सदस्य प्रदेश नं ३ का शशीजङ्ग थापा, गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई, सूर्यबिनायक नगरपालिकाका उप प्रमुख जुना बस्नेत र अतिथिहरूमा शिक्षा बिकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख खेमनाथ पोखरेल, मोडर्न स्कुल र कलेजका सल्लाहकार तथा पूर्व शिक्षा निर्देशक सुन्दर कुमार श्रेष्ठ , चाँगुनारायण नगरपालिकाका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता कृष्ण मुरारी खनाल सहभागि हुनुहुन्थ्यो ।

त्यस्तैगरि, केन्द्रीय प्याब्सनका उपाध्यक्ष दीपिका रिमाल थापा, केन्द्रीय प्याब्सन सचिव भुवन श्रेष्ठ , प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष चन्द्र अधिकारी, प्याब्सन नगर अध्यक्ष सूर्य बिनायक नगरपालिका सानुराजा कार्की, प्याब्सन नगर अध्यक्ष मध्यपुर नगरपालिका निलेश आचार्य, हिसान भक्तपुरका अध्यक्ष शिबकृष्ण श्रेष्ठ, एनप्याब्सन भक्तपुरका सञ्जय खड्का, मोडर्न स्कुल र कलेजका सल्लाहकार तथा मनोबिद् रविन कटवाल, भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्कर बुढाथोकी, मोडर्न स्कुल स्थापनाका लागि अनुमती दिनुहुने तत्कालीन दधिकोट गा.बि.स. का अध्यक्ष पूर्ण प्रसाद न्यौपाने, मोडर्न स्कुल स्थापनाका लागि भवन प्रदान गर्नुहुने समाजसेवी जनकलाल राजथला, बिनता कला प्रतिष्ठानका अध्यक्ष बद्री नारायण ताम्राकार, भक्तपुर सांगीतिक समाजका अध्यक्ष र सचिव प्रविन शाही र अल्वर्ट बज्राचार्य, सुरशाला म्यूजिक एकेडेमीका निर्देशक र म्यानेजिङ डाइरेक्टर अमृत क्षेत्री र संगीता थापा क्षेत्री, मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टका निर्देशक मोहना क्षेत्री लगायत अन्य अतिथिहरू, अभिभावकहरू, बिद्यार्थीहरू र पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

यस कार्यक्रममा प्राज्ञिक बिशेष अतिथिमा पूर्व महान्यायाधिवक्ता तथा काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक प्राध्यापक डा. युवराज सङ्ग्रौलालाई राष्ट्रका लागि उहाँले गरिरहनुभएको शिक्षा तथा कानुनी क्षेत्रको बिकासको योगदानलाई कदर गर्दै अभिनन्दन गरियो । यसै गरी मोडर्न स्कुल स्थापनाका लागि अनुमाती दिनुहुने तत्कालीन दधिकोट गाविसका अध्यक्ष पूर्ण प्रसाद न्यौपाने र मोडर्न स्कुल स्थापनाका लागि भवन प्रदान गर्नुहुने समाजसेवी जनकलाल राजथलालाई पनि सम्मान गरियो ।

मोडर्नको रजत महोत्सवको उपलक्ष्यमा बिद्यालयका लागि दुई दशक भन्दा बढी योगदान दिनुहुने ७ शिक्षक शिक्षिका , एक दशक भन्दा बढी योग्दान गर्नुहुने १८ शिक्षक शिक्षिका, एक दशक भन्दा बढी योगदान गर्नुहुने ४ कर्मचारी, एक दशक भन्दा बढी योगदान गर्नुहुने ७ पूर्व शिक्षक शिक्षिका र बिद्यालयको स्थापनकालमा बिशेष योग्दान गर्नुहुने ३ शिक्षकलाई नगद राशिका साथ सम्मान गरियो । उक्त कार्यक्रममा बिद्यालयले रजत महोत्सवका लागि तयार गरिएको स्मारिकाको पनि विमोचन गरिएको थियो ।

उक्त कार्यक्रम मोडर्न स्कुल र कलेजका प्राचार्य अनिल कसपालले स्वागत मन्तव्यबाट शुरू गरी करिब ६ घण्टाको कार्यक्रममा कलाकार बिद्यार्थीहरूले देश प्रेम लगायत विभिन्न मनोरञ्जनात्मक र सन्देशमुलक प्रस्तुतिहरू प्रस्तुतका साथ विशेष अतिथि, अतिथि , प्रमुख अतिथिका शिक्षा र देश बिकासका लागि बिद्यालय, अभिभावक र बिद्यार्थीको भुमिकाका बारेमा सान्दर्भिक भनाइहरू राख्दै मोडर्नका संस्थापक अध्यक्ष श्री बाबुकाजि कसपालको धन्यवादका मन्तव्य सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार ११:३०