एनआरएनए मलेसियाको अध्यक्षमा विनोद थापा निर्विरोध चयन

मलेसिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध चयन हुनु भएको छ । आगामी कार्यकालको लागि थापा निर्विरोध चयन हुनु भएको हो ।

संघको महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध चयन हुनु भएको छ ।

त्यस्तै, सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध चयन हुनु भएको छ । आइसीसी सदस्य र वरिष्ठ उपाध्यक्षमा भने सहमति जुटन सकेको छैन । मलेसियामा हाल ५ हजार २५९ जना पन्जीकृत सदस्य छन् ।


प्रकाशित | ५ श्रावण २०७८, मंगलवार १३:४५