डेलविस र राज सँग म्युजिक भिडियोमा देखिदै साम्राज्ञी

काठमाडौं । नेपाली चलचित्रकी स्टार अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ कलाकार देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग देखिने भएकी छन् । म्यूजिक भिडियोमा कमै देखिने अभिनेत्री शाह निर्माताद्वय दिनेश दर्शनधारी, यशोदा राईका पुत्र देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग स्क्रिन सेयर गर्ने भएकी हुन ।

ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्यूजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । चर्चीत गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शव्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ ।

This image has an empty alt attribute; its file name is 2-scaled.jpg

गीतमा कोरियोग्राफी माईकल चन्दको रहेको छ । गीतको भिडियोको छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री इन्टटेन्मेन्टको अफिसियल यु—ट्युब च्यानल मार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

शाह र निर्माण पक्षबीच भएको सम्झाता पश्चात छोटो प्रतिक्रिया दिदै अभिनेत्री शाहले गीत र म्यूजिक भिडियोमा प्रयोग गरिने नयाँ पन मन परेको बताएकी छन् ।


प्रकाशित | १२ आश्विन २०७८, मंगलवार १४:३८