पोर्चुगलका स्टार खेलाडी रोनाल्डो घाइते

काठमाडौं -सर्वियाविरूद्धको युरोकप २०२० छनौट खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो घाइते भएका छन्। उनी खेलको ३१ औं मिनेटमा घाइते भएका हुन्। ततस्पश्चात पोर्चुगलले उनलाई मैदान बाहिर लाने निर्णय गरेको थियो। उनलाई हामस्ट्रिङ इन्जुरी भएको हो। सो खेल १(१ गोलको बराबरीमा सकिएको छ। अघिल्लो खेलमा पनि पोर्चुगलले बराबरी नतिजा निकालेको थियो। शुक्रबार भएको खेलमा ऊ युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको थियो।


प्रकाशित | १२ चैत्र २०७५, मंगलवार २१:१४