एनआरएनए कोरियाको सातौ अधिवेशन अगस्ट १७ र १८ मा गर्ने घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको सातौं अधिवेशन आगामी १ ७ र १८ अगस्टमा गर्ने घोषणा गरिएको छ । एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङले आगामी अधिवेशनको टुंगो लगाइएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार आगामी अधिवेशन अगस्ट १७ र १८ मा गर्ने तय भएको हो । अधिवेशनको लागि आवश्यक तयारीसमेत थालीसकिएको अध्यक्ष गुरुङले बताउनुभयो ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १७:२४