मलेसियाको क्वालालम्पुरमा बस दुर्घटना : २ नेपालीसहित १३ जनाको मृत्यु

काठमाडौं : मलेसियाको क्वालालम्पुरमा बस दुर्घटना हुँदा २ नेपालीसहित १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । मृतक नेपालीहरुमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथसिङ थारु रहेको त्यहाँका समचार एजेन्सीले जनाएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेर विमानस्थलतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । बसमा नेपाली, बाङ्लादेशी र इन्डोनेशियन कामदारहरु रहेको त्यहाँका समाचार एजेन्सीले उल्लेख गरेका छन् । यस विषयमा मलेसियास्थित नेपाली राजदुतावासले भने केही जानकारी गराएको छैन ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ११:४१