डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति

काठमाडौं – कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलले परराष्ट्रमन्त्रीको जिम्मेवारी डा. खडकालाई दिने विषयमा सहमति भएको हो ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई पररष्ट्रमन्त्री बनाउने बताउनु भएको छ । खड्काले भोलि पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न भोलि फेरि बैठक बस्ने नेताहरुले बताएका छन् ।

२९ असारमा प्रधानमन्त्री नियुक्त हुनु भएका देउवाले अहिलेसम्म सरकारलाई पूर्णता दिन सक्नु भएको छैन । अहिले कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुनुहुन्छ भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री हुनुहुन्छ । अन्य मन्त्रालयको जिम्मेवारी भने देउवा आफैले समाल्दै आउनु भएको छ ।


प्रकाशित | ५ आश्विन २०७८, मंगलवार २३:२७