लोक संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्छ : मेयर, बासुदेव थापा, सूर्यविनायक नगरपालिका (तस्विरहरु)

भक्तपुर : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले परम्परागत कला र लोक संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्नेमा जोड दिनु भएको छ । नंखेल बाँसुरी तथा धाँ बाजा संरक्षण समिति नंखेल भक्तपुरकोे तेस्रो वार्षिक उत्सव तथा बाँसुरी बाजा पिदाने (दिक्षान्त) एवं बाद्यवादन सामग्री हस्तारण कार्यक्रममा मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि थापाले सो कुरा बताउनु भएको हो ।

सयौ वर्षदेखिको लोक संस्कृतिको रुपमा रहेको बासुरी बाजा नयाँ पुस्तालाई सिकाउँदै हस्तान्तरण गर्नुपर्नेमा नगर प्रमुख थापाको जोड छ । नगर प्रमुख थापाले नगरपालिकाले लोक संस्कृति जर्गेना गर्नेदेखि, आयमूलक, रोजगारमूलक क्षेत्रको विकास गर्न लागिपरेको समेत स्पष्ट पार्नुभयो ।


प्रकाशित | २३ चैत्र २०८०, शुक्रबार ०७:०८