एनआरएनए निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक, मतदाताको संख्या ३६ सय बढी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । गैर आवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली संघको वेभसाईट मार्फत सार्वजनिक गरिएको हो ।

पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । चार देश बाहेक बाँकि २५ प्रतिशतको नामावली भोली सार्वजनिक गरिने संघले जनाएको छ ।

त्यस्तै, एउटै देशबाट दुई वटा नामावली आएका यूके, अष्ट्रेलिया, अमेरिका र जापानको हकमा २५ प्रतिशतको टुंगो विधान ब्याख्या समितिले अन्तिम निर्णय गरेपछि मात्र नामावली सार्वजनिक गरिने भएको छ ।

चार देशबाट वर्तमान कार्यसमिति र निवर्तमान कार्यसमितिबाट छुट्टाछुट्टै नामावली आएपछि विवाद भएको थियो । विधानको विषयमा प्रश्न उठेपछि त्यसको निर्णय गर्ने जिम्मा विधान ब्याख्या समितिलाई दिइएको हो ।

उता डकुमेन्ट, सेल्फी र विवरण छुटेका प्रतिनिधिहरुले सेप्टेम्बर १२ तारिख सम्म नामावली पठाइसक्न संघले आग्रह गरेको छ । प्रतिनिधि माथी दावी विरोधको समय पनि १२ तारिखसम्म दिइएको छ ।

संघले विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भाग लिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन दिएको छ ।

संघको निर्वाचन मिति केहि दिनमा घोषणा गरिदैंछ । संघका अनुसार यो पटक विश्वभरिका ६४ देशबाट ३६ सय बढी प्रतिनिधि सहभागि हुने भएका छन् ।

नामावली हेर्न यहाँ क्लीक गर्नुहोस ।

10th NRN Global Conference & NRNA International General Assembly


प्रकाशित | २२ भाद्र २०७८, मंगलवार १९:४८