लकडाउन २५ गते मध्यरातिसम्म कायम गर्ने सरकारको निर्णय

काठमाडौँ :  सरकारले लकडाउन २५ गते मध्यरातिसम्म कामय गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले पत्रकार सम्मेलन गर्दै जानकारी गराउनुभएको हो ।

कोरोना संक्रमीतको संख्या बढेपछि त्यसलाई मध्यनजर गर्दै थप ८ दिन थप्ने निर्णय गरिएको हो । यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गरेको थिथो ।

आइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको थियो ।


प्रकाशित | १६ चैत्र २०७६, आईतवार २१:३१