पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिएको छ । खनाललाई आज दिउँसो दिल्ली लागिएको हो । खनालको सचिवालयका अनुसार उहाँको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

जेठ ३१ गते स्वास्थ्यमा अचानक समस्या आएपछि नेता खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उच्च ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई नर्भिकमा भर्ना गरेर उपचार गरिएको थियो ।


प्रकाशित | २ असार २०७८, बुधबार १३:१८