डर्टमन्ड साल्केसँग पराजित, उपाधियात्रा कमजोर

एजेन्सी :  ९ खेलाडीमा समेटिएको बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा साल्केसँग पराजित भएको छ । डर्टमन्ड घरेलु मैदानमा साल्केसँग ४–२ को गोल अन्तरमा पराजित भएको हो । घरेलु टोली सुरुवाती गोलको अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

खेलको १४औं मिनेटमा मारियो गोट्जेको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो । १८औं मिनेटमा ड्यानियल कालेगिरीले पेनाल्टमिार्फत बराबरी गोल फर्काएका थिए । २८औं मिनेटमा सलिफ सेनले गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पाँच मिनेटको अन्तरमा डर्टमन्डका दुई खेलाडीले रातो कार्ड खादै मैदान बाहिरिएपछि डर्टमन्ड समस्यामा परेको थियो । ६०औं मिनेटमा मार्काे रिउस सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ६२औं मिनेटमा ड्यानियलले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै साल्केलाई ३–१ ले अघि बढाए ।  ६५औं मिनेटमा मारियस वल्फ पनि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि डर्टमन्ड ९ खेलाडीमा समेटिदा झनै समस्यामा परेको थियो ।

९ खेलाडीमा समेटिएपनि डर्टमन्डले उच्च प्रदर्शन गर्दै एक गोल गर्दै खेलमा फर्कन संकेत दिएका थिए । डर्टमन्डका एक्सेल विटसेलले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । तर, ८६औं मिनेटमा ब्रिल इम्बोलोले गोल गर्दै डर्टमन्डको आशालाई ४–२ ले समाप्त पारिदिए । हारसँगै डर्टमन्डको उपाधियात्रा कमजोर बनेको छ । डर्टमन्ड ३१ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बायर्न ७० अंकसहित शीर्षस्थानमा छ ।

बुन्डेस लिगामा आज राति शीर्षस्थानको बायर्न म्युनिखले नर्नवर्गसँग खेल्दैछ । यो खेलमा जित हात पारे बायर्नले ४ अंकको अग्रता बनाउनेछ ।

बुन्डेस लिगाका अन्य खेलका नतिजाहरु

असवर्ग विरुद्ध बायर लिभरकुसेन (१–४)

फ्रान्कफर्ट विरुद्ध हर्था बर्लिन (०–०)

फोर्टुना विरुद्ध वेरडर ब्रेमेन (४–१)

ह्यानोभर विरुद्ध मेइन्ज (१–०)

आरबी लेपिजिज विरुद्ध फ्रेइवर्ग (२–१)

स्टुटगार्ड विरुद्ध बोरुसिया मोन्चेग्लावाच (१–०)


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०८:५०