प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ३

दूधको साक्षी बिरालो भै, सामून्नेमा पर्नेलाई ।
के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई ।

सबैभन्दा ठूलो, बाठो, अजम्बरी बन्न खोज्दै,
झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई ।

बल, उमेर, धन हुँदा, नाता साइनो जोड्ने ले नै,
दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई ।

स्वार्थ लोभ् पाप् ईष्याको, दलदलमा फसी यहाँ,
कुकर्मको खेल खेली, अल्पायू मै मर्नेलाई ।

बिहान र बेलुका ती, छाक टार्न धौ धौ भाका,
मानिसको गाँस लूटी, आफनो पेट भर्नेलाई ।

कालिञ्चोक गाउपालीका- ८, सुनखानी, दोलखा


प्रकाशित | ६ मंसिर २०७७, शनिबार १०:५७