गुटबन्दीले कांग्रेस धरासायी : महामन्त्री कोइराला

काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गुटबन्दी पार्टी धरासायी बन्दै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले गुटबन्दी अन्त्य नगरे पार्टीलाई अझ ठूलो क्षति पुग्ने बताउनुभयो । कांग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष रहेपनि आन्तरिक तिक्तताका कारण पार्टी धरासायी हो, कोइरालाले भन्नुभयो, पार्टी एकजुट भए काङग्रेसलाई कसैले हराउन सक्दैन । बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै कोइरालाले नयाँ वर्षमा एकजुटको कामना गर्नुभयो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार ०७:४१