कोरोनाका कारण नेपालमा थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं : नेपालमा कोरोनाको कारण थप एकको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो । ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ।

डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए। १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

आइसियूमा उपचारका क्रममा नै उनको निधन भएको डा देवकोटाले जानकारी दिनुभयो ।


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार १७:०६